नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान को ICT सम्बन्धि तालिम

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३० बर्षको गौरबमय इतिहास बोकेको अग्रज तालिम प्रदायक सस्था हो। यस प्रतिष्ठानले राज्यको राष्ट्रसेवक कर्मचारीहरुलाई ब्यबस्थापन, राज्यब्यबस्था, बिकास र अन्य चाहेअनुरूप तालिम प्रदान गर्दै आएको छ। यसै क्रममा एसियाली विकास बैंकको सहयोग मा ICT Development परियोजना अनुरुप राष्ट्रसेवक कर्मचारीहरुलाई ICT र E-Governance सम्बन्धि तालिम दिएर मानब श्रोत विकास गर्ने लक्ष्य रहेको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान तालिमको क्षेत्रमा अग्रणी सस्था भएको हुँदा, यस प्रतिष्ठानको जिम्मेवारीमा ICT तालिम पर्न गएको छ। त्यस अनुरुप यो काम Management Learning Group अन्तर्गत Center for Knowledge Management and IT (CKMIT) लाई दिइएको छ।
सोही अनुरुप CKMIT ले TNA गरेर पहिलो चरण को लागि ICT for Govarnance, Management and Development तालिम संचालन भइरहेको छ । प्रथम चरण को तालिम यही भदौ १७, २०७०  गते बाट भयो। यो तालिम तृतीय तथा द्वितिय श्रेणीका कर्मचारीहरुलाई प्रदान गरिदै छ। प्रथम श्रेणी तथा तालिम प्रदायक संस्था हरुलाई TOT कार्यक्रम भने २०७१ सालमा संचालन गरिने छ। यो कार्यक्रम का साथै Course Design तथा अन्य TNA का कार्यक्रम पनि समानान्तर रुपमा अगाडी बढ्ने छ।   
ICT लाई नेपाल सरकारले प्राथमिकतामा नराखेको कारण यस सम्बन्धि तालिम प्रभावकारी हुन सकेको छैन। तर अब को समयमा ICT लाई प्राथमिकतामा नराखेमा विकास को धेरै क्षेत्रमा देश पछिपर्ने लक्षण देखा पर्न थालेको छ। ICT नै त्यो माध्यम हुन सक्छ, जस बाटा आज सम्म राज्यले अपहेलना तथा चासो राख्न नसकेको ठाउँ तथा समुदयाबिच पुग्न सक्छ। सरल तथा छिटो सुबिधा दिनलाई पनि ICT बहेको अरु उपाय देखिन्दैना। त्यस कारण यो कुरा राष्ट्रप्रेमी कर्मचारीले बुझ्न जरुरि छ जुन यो तालिम को मुख्य उदेष्य पनि हो।