
नजिकिदैं गरेको ४० औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले गएको शुक्रबार मेची हलमा रक्तदान (Blood Donation) कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा प्रतिष्ठानका कर्मचारी, प्रशिक्षार्थीहरू गरी कुल २२ जनाले रक्तदान गरेका थिए ।
प्रतिष्ठानले आश्विन ११ गते आफ्नो स्थापनाको गौरवपूर्ण ४० वर्ष पुरा गर्दै छ ।


