नेपाल सरकारका नवनियुक्त रा.प.तृतिय श्रेणीका शाखा अधिकृतहरुका लागि सञ्चालित ३७ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमका प्रथम आवासीय समूह (जानकी र भेरी) समूहद्वारा अतिरिक्त कृयाकलाप अन्तर्गत साहित्यिक कार्यक्रम 'कलम, कला र आवाज' शनिबार 18, कार्तिक 2080 मा सम्पन्न भएको छ । प्रतिष्ठानको परिसरमै रहेको दिक्षा सदन पृथ्वी हलमा दिउँसो दुई बजे शुरु भएको कार्यक्रम अपरान्ह 4.30 मा सम्पन्न भएको कार्यक्रममा 16 जना प्रशिक्षार्थी अधिकृत र प्रतिष्ठानमा कार्यरत 2 जना अध्यापकहरुले समेत रचना वाचन गर्नुभएको छ । कार्यक्रममा प्रथम आवासीय समूहका सम्पूर्ण प्रशिक्षार्थी अधिकृतहरुले उत्साहपूर्वक सहभागी भई साहित्यिक रचनाहरुको वाचन सुनेर साहित्यको मजा लिनुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रतिष्ठान अन्तर्गत Center for Induction Training का प्रमुख उत्तम आचार्यले कार्यक्रमको व्यवस्थापन समूह र सम्पूर्ण प्रशिक्षार्थी अधिकृतहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रम संचालक
अशोक न्यौपाने, माधवराज न्यौपाने, कृष्णचन्द्र तामाङ लामा, मोती प्रसाद अर्याल
रचना वाचन
अनिल रिजाल,गुरुदत्त शर्मा, उमा गुरुङ, धर्मेन्द्र प्रसाद महतो, स्वागत थापा क्षेत्री, बालकृष्ण गुरागाई, अशोक न्यौपाने, कृष्णचन्द्र तामाङ लामा, माधवराज न्यौपाने, युवराज पौडेल, रमेश पौडेल, श्यामहरि भट्टराई, रम्बस रावत, मोती प्रसाद अर्याल, शैलजा उपाध्याय, इन्द्रमणि पौडेल, कृष्णबहादुर थापा, लोकराज खत्री र सरोज कुमार कर्ण
वाचित रचना
कविता, गजल, मुक्तक, मनोवाद र सायरी