स्थानिय तह सबलीकरण सम्बन्धी प्यानलिस्टहरुसंग छलफल कार्यक्रम सम्पन्न

जेठ २, काठमाण्डौ BAT 38  का कर्णाली, स्यम्भु र खप्तड समूहको आयोजना र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सहयोगमा स्थानिय तह सबलीकरण सम्बन्धी प्यानलिस्टहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख प्यानलिस्टहरुको रुपमा ने क पा एकिकृत समाजवादी पार्टीका सचिव एवम् पूर्व शहरी विकास मन्त्री श्री राम कुमारी झाक्री र बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री सुवास आले ज्यूको सहभागिता रहेको थियो।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पृथ्वी हलमा भएको कार्यक्रममा प्रतिष्ठानका कर्मचारी र प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्व मन्त्री ज्यूले स्थानिय  तहमा स्थानिय जनप्रतिनिधिले असल नियत राखेर प्रशासनिक संन्यत्रलार्इ अभिभावकिय दायित्य निर्वाह गरी विकासात्मक कार्य गर्नुपर्ने विचार राख्नुभयो। नव नियुक्त कर्मचारीहरु स्थानिय तहमा खटाउदा नडराइ जानुपर्ने र असल नियतले काम गर्नुपर्ने मन्त्री ज्यूको धारणा रहेको थियो। स्थानिय तहमा संघकै प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत हुनुपर्ने धारणा राख्नुभएको थियो। त्यस्तै अर्का प्यानलिस्ट सुवास आले ज्यूले आफ्नो सुरु पदस्थापन भएको हुम्लाको सिमिकोट गाउँपालिकाको अनुभव, भोगेका समस्या र गरेको सुधार बारे जानकारी गराउनु भएको थियो। नयाँ अधिकृतहरु सरूमा दुर्गम गएर सेवा गरी धेरै कुरा सिक्नु पर्ने भनेर सुझाव दिनुभएको थियो।

कार्यक्रम आधारभुत प्रशासनिक तालिम अन्तर्गतको शासन र सेवा प्रवाह मोड्युलको एक सिकाइ कार्यक्रम हो।