नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) द्वारा सञ्चालित Advanced Course on Management and Development(ACDM) अन्तरगतको Know Your Economy(KYE) Module का लागि Forestry Sector Group बाट Contribution of Forestry Sector in National Economy of Nepal:
A Meta Analysis विषयक Seminar NASC को Kailash Hall मा मिति २०८०।५।१२ गते आयोजना गरियो । यस कार्यक्रमको अध्यक्षता राजेन्द्र कुमार बासुकलाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक तुलसी शरण सिग्देल हुनुहुन्थ्यो । त्यसैगरि विशेष अतिथिहरुमा प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशकहरु त्रिलोचन पोखरेल, विनोद कुमार विष्ट र अध्ययन निर्देशक अचला दाहालको सहभागिता रहेको थियो । राष्ट्रिय गान गायनवाट शुरु भएको कार्यक्रमको उद्घाटन प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक तुलसी शरण सिग्देलले गमलाको फुलमा पानी राखेर गर्नु भएको थियो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपालको अर्थव्यवस्था, दैनिक जीवनयापन र रोजगारीमा अमूल्य योगदान पुर्याएको वन क्षेत्रको हालको परम्परागत कुल ग्राहस्थ उत्पादन को गणना तरिकाले नसमेटेको हुँदा वन क्षेत्रले पर्यावरण, पानी, जलवायु, यसको सौन्द्य पक्षले पर्यटनमा पारेको सकारात्मक असर र दैनिक जीवनयापन लगायतमा पारेको प्रत्यक्ष प्रभावलाई उपयुक्त गणना विधि प्रयोग गरेमा वन तथा वातावरण क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ठुलो योगदान हुने देखिएकाले यस क्षेत्र तथा विषयको वारेमा सरोकारवाला र अध्ययन अनुसन्धानमा संलग्नहरु सबैको ध्यान जाओस् भनेर नै सेमिनारको लागि यो विषय छनौट गरिएको जानकारी गराउदै कार्यक्रमका आगन्तुकहरुलाई समुहका मोडरेटर गोपाल प्रसाद कँडेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन Event Manager इन्द्रहरि पौडेलले गर्नु भएको थियो । प्राविधिक सत्रको संचालन अध्यक्ष राजेन्द्र कुमार बासुकलाले गर्नु भएको थियो । कार्यक्रममा Rapporteur को भूमिकामा विष्णुहरि वाग्ले रहनु भएको थियो ।
प्रस्तोता राम विचारी ठाकुर र रघुराम पराजुलीले अध्ययनको आवश्यकता, तरिका र उद्धेश्यका वारेमा प्रकाश पार्दै वन क्षेत्रले पर्यावरण, पानी, जडीबुटी, काठ पैदावर, फलफुल खाद्यान्न, वन पैदावरमा आधारित विभिन्न उद्धोगका लागि कच्चा पदार्थ मार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण, पर्यटन र दैनिक जिवनयापन लगायतमा ठूलो योगदान गरे पनि आर्थिक गणनाको रुपमा रहेको र विश्वभरि स्वीकार गरिएको नेपालले पनि अपनाएको System of National Accounting (SNA) ले केवल प्रत्यक्ष देखिने सरल तरिकाबाट गणना हुने काठजन्य पैदावर लगायतका Tangible benefits लाई मात्र कूल ग्राहस्थ उत्पादनको तरिकामा समेटी कृषि क्षेत्र अन्तर्गत वन क्षेत्रलाई राखेर गणना गर्दा कुल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको योगदन ५ प्रतिशत भन्दा पनि कम रहेको देखिएको छ । जुन वन क्षेत्रको अर्थतन्त्रको वास्तविक योगदान भन्दा निकै कम हो । वन र वातावरणलाई कुल ग्राहस्थ उत्पादन अथवा राष्ट्रिय आर्थिक गणनामा समावेश गर्नु पर्ने अभियानको नेतृत्व गरेका जर्मनीका वन वातावरण अभियान्ताहरु लगायतका यस यस क्षेत्रका अभियान्ताहरु The Economics of Ecosystem and Biodiversity (TEEB ) ले वन क्षेत्रको वास्तविक अर्थतन्त्रमा योगदानको गणना गर्दा वातावरणिय लगायत यस क्षेत्रले दृष्य र अदृष्य रुपमा गरेको योगदानको गणना गर्नुपर्ने र यसरी गणना गर्दा वन क्षेत्रको वास्तविक योगदान राष्ट्रिय गणनामा वास्तविक रुपमा देखिने हुन्छ । यो अभियानको अभियानकर्मीहरुका अनुसार यसरी गणना गरेको अर्थतन्त्रमा वन क्षेत्रको योगदान करिव २० देखि ३० प्रतिशत सम्म हुने देखिन्छ । नेपालमा पनि यस क्षेत्रको योगदानका वारेमा FAO र पूर्व वन सचिव विश्वनाथ ओलीको अध्ययनले ठूलो योगदान गरेको देखिएको भन्दै प्रस्तोता द्धयले विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय विद्धान तथा संस्थाले यस क्षेत्रमा गरेको अध्ययनको विषय र निष्कर्ष प्रस्तुत गर्दै वन क्षेत्रको वास्तविक योगदानको वारेमा गहिरो अध्ययन अनुसन्धान, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा गरि वास्तविक कूल ग्राहस्थ उत्पादनमा गणना गर्न सकेमा वास्तविक GDP निस्कने र यसले वन तथा वातावरण क्षेत्रलाई न्याय हुन सक्ने भन्ने अध्ययन तथा प्रस्तुतीको निष्कर्ष देखिन्छ ।
कार्यपत्र माथि Commentator को रुपमा याम वहादुर कुंवरले प्रस्तुत कार्यपत्रले Biodiversity तथा वन क्षेत्रले हाम्रो जिवनमा गरेको योगदानलाई बुझाउन खोजेको पाइनु राम्र पक्ष रहेको देखियो भने कार्यपत्रले TEEB लागु गर्दा यसले जन जीवन र गरिबी निवारणमा कसरी सम्बोधन गर्न सक्छ भन्ने खुलाउन सकेको भए राम्रो हुने थियो भन्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कार्यकारी वरिष्ठ अध्ययन निर्देशक तुलसी शरण सिग्देलले प्रस्तुत कार्यपत्रलाई मिहिनेत साथ तयार गरि यो रुपमा ल्याएकोमा विशेष धन्यवाद दिदै कार्यपत्रले कुल ग्राहस्थ उत्पादनको परम्परागत गणना विधि SNA बाट TEEB मा परिवर्तन गर्नुपर्ने दृष्टिकोण वहसको रुपमा ल्याउनु राम्रो पक्ष भएको विचार व्यक्त गर्नु भयो । कार्यक्रमका विशेष अतिथि त्रिलोचन पोखरेलले कार्यपत्रको विषयवस्तु राम्रो र दिन खोजेको विषय पनि राम्रो रहेको विचार व्यक्त गर्दै SNA वाट TEEB मा गएर measuring system change गर्दा के कसरी वन क्षेत्रको योगदान बढ्न सक्ने विषय खुलाउन सकेको भए राम्रो हुने थियो भन्ने विचार व्यक्त गर्नु भयो । विशेष अतिथि अचला दाहालले वन क्षेत्रवाट हुने योगदानलाई कुन कुन क्षेत्रमा के कसरी योगदान गर्न सक्छ भनेर segregation गर्न सक्दा अझ राम्रो हुने सुझाव दिनुभयो । कार्यक्रमका सहभागी देवी पाण्ये खत्री, बुद्धि प्रसाद उपाध्याय, शशी कुमार कार्की, लालु गिरी, प्रेम लासिवा, सुशिल कुमार शाह, राकेश कुमार झा, आनन्द कुमार झा, जगदिश चन्द शिवाकोटी लगायतले कार्यपत्रमाथि आ आफ्नो सुझाव तथा विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राजेन्द्र कुमार वासुकलाले कार्यक्रममा उपस्थितिका लागि प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु लगायत सहभागी सबैलाई विशेष धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम तोकिएको समय तालिकाअनुसार नै सुसम्पन्न भएको थियो ।