BAT 36 को तेस्रो आवासीय समूह ( स्वयम्भू, रारा र लुम्बिनी) द्वारा २० जेठ, २०८० मा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न

Nepal Administrative Staff College (NASC) अन्तर्गत BAT 36 को तेस्रो आवासीय समूह ( स्वयम्भू, रारा र लुम्बिनी) द्वारा २० जेठ, २०८० मा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा पूर्वदेखी पश्चिम सम्मका, हिमाल देखि तराईसम्मका प्रतिनिधीमूलक नृत्य, गीत, भेषभूषा प्रदर्शन गरिएको थियो। कार्यक्रमबाट हाम्रो सांस्कृतिक संरक्षण र एकताको मालामा केही थुंगाहरू थपिएको महशुस गरेका भएको छ।

कार्यक्रमा बिशेशगरि पश्चिमको छलिया नाच, कर्णाली क्षेत्रको सिंगारू नाच, गण्डकी क्षेत्रको लोकदोहोरी, पूर्वको गर्रा नाच, तामाङसेलो नाच, मैथिली गित त्यस्तै शेर्पा, तामाङ, थारु, गुरुङ्ग लगाएत विभिन्न जाती समुदायका भेषभूषा साथै सन्देशमूलक नाटक समेत प्रदर्शन गरिएको थियो।

उक्त सांस्कृतिक कार्यक्रमको संयोजन रारा समूहका प्रशिक्षार्थी अधिकृत शेरनाथ योगिले गर्नुभएको थियो भने कार्यक्रम संचालन स्वयम्भू समुहका प्रशिक्षार्थी अधिकृतद्वय कुलचन्द्र अर्याल र निर्मला कार्किले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका Senior director of studies Mr. Tulasi Sharan Sigdel, Director of studies Mr. Uttam Acharya, Director of Studies Ms. Achala Dahal, Deputy Director of Studies Dr. Shyan Kirat Rai, विभिन्न समूहका समूह संयोजक लगायत अन्य अधिकारीहरूको उपस्थिती रहेको थियो।