ICT Seminar on “ICT FRIENDLY HUMAN RESOURCES IN GOVERNMENT INSTITUTION AS BACKBONE FOR BETTER SERVICE DELIVERY: STATUS, CHALLENGES & PROSPECTS" सम्पन्न । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित ३६औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी लुम्बिनी, स्वयम्भु र रारा समूहका नवनियुक्त शाखा अधिकृतहरूबाट मिति २०७९/१२/०२ गते आयोजित सूचना प्रविधिसम्बन्धी “ICT FRIENDLY HUMAN RESOURCES IN GOVERNMENT INSTITUTION AS BACKBONE FOR BETTER SERVICE DELIVERY: STATUS, CHALLENGES & PROSPECTS” विषयक एकदिने गोष्ठी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको खप्तड हलमा सम्पन्न भयो।उक्त गोष्ठीको अध्यक्षता श्री पिताम्बर बन्जाडेले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन खनाल, अतिथिहरूमा उप कार्यकारी निर्देशक विष्णु प्रसाद लम्साल, वरिष्ठ अध्ययन निर्देशक तुल्सीशरण सिग्देल र  अध्ययन निर्देशक त्रिलोचन पौड्याल  रहनुभएको थियो।

गोष्ठीमा, लुम्बिनी, रारा र स्वयम्भू समूहले मिति २०७९/११/२९ गते क्रमश: अध्यागमन विभाग, महालेखा नियन्त्रक कार्यालय र आन्तरिक राजस्व विभागमा स्थलगत अवलोकन भ्रमण गरी लिएको जानकारीको आधारमा सो निकायहरूमा सूचना प्रविधिको प्रयोग, प्रविधिमैत्री मानव संशाधन व्यवस्थापनको अवस्था, विद्यमान चुनौती र आगामी कार्यदिशाका सम्बन्धमा प्रत्येक समूहबाट ५/५ जनाले प्रस्तुति दिनुभएको थियो।

प्रस्तुतकर्तामा लुम्बिनी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृतहरू पवित्रा शाही, विशाल घिमिरे, संयोग भट्टराई, गौरव राज के.सी. र राम प्रसाद गोतामे रहनुभएको थियो भने रारा समूहको तर्फबाट राजन सापकोटा, सन्तोष ज्ञवाली, सुनिता उप्रेती, युवराज एम.एस. पाल र राजन पाण्डे साथै स्वयम्भु समूहको तर्फबाट आशिष शर्मा, राजिव रिमाल, सुरज बस्याल, निर्मला कार्की र जीतबहादुर परियार रहनुभएको थियो। 

उक्त गोष्ठीमा प्रतिष्ठानका कार्यकारी निर्देशन डा. खनालले विश्व परिवेशमा ICT को आविष्कार, विकास र प्रयोग बढ्दै गई “विश्व एक ग्रामको रुपमा” विकास भईरहँदा नेपालको कर्मचारीतन्त्र पनि सूचना प्रविधिमैत्री हुनुपर्ने अपरिहार्यता रहेको बताउनुभयो। उहाँले अबको सार्वजनिक प्रशासनको प्राण ICT मै अडेको र सार्वजनिक प्रशासनको सुधार पनि ICT कै विकास र उपयोगबाट गर्न सकिने बताउनुभयो। साथै उहाँले सेवाग्राहीमैत्री सुचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत नागरिक सन्तुष्टि अभिवृद्धि गर्नुपर्ने विषयमा पनि जोड दिनुभयो।अन्त्यमा “Today’s aspiration is ICT and system corrects undue work and anomalies” भन्ने वाक्यांशका साथ सामाजिक-आर्थिक रूपान्तरणका लागि सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको अन्तरआवद्धता तथा स्वचालित प्रणालीको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत जोड दिनुभयो।

कार्यक्रम सञ्चालन प्रशिक्षार्थी अधिकृत सुदिप दाहालले गर्नुभएको थियो।कार्यक्रमलाई थप सहज बनाउनको लागि सहजकर्तामा लुम्बिनी समूहको तर्फबाट शान्ति तामाङ, रारा समूहको तर्फबाट भेषराज चन्द र स्वयम्भु समूहको तर्फबाट कुलचन्द्र अर्याल रहनुभएको थियो। त्यस्तै प्रस्तुतिमा टिप्पणीकर्ताको भूमिकामा सविन अधिकारी, शेरनाथ योगी र श्याम नारायण सिंह रहनुभएको थियो।कार्यक्रमलाई व्यवस्थित गर्नको लागि व्यवस्थापन टोलीमा प्रत्येक समूहबाट २/२ जना गरी ६ जना, सञ्चारका लागि प्रत्येक समूहबाट ४/४ जना गरी १२ जना र खाना तथा खाजा व्यवस्थापनमा प्रत्येक समूहबाट २/२ जना गरी ६ जना रहनुभएको थियो।

अन्तयमा, सभापतिले गोष्ठीमा उपस्थित सबैलाई स-धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो।