KYE Event by Kanchanjanga Group – ACMD 2 Janaki

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) द्वारा सञ्चालित Advance Course on Management and Development (ACMD) अन्तर्गत चौथो मोड्यूल "Know Your Economy (KYE) को लागि कञ्चनजङ्घा समूहबाट Understanding Effect of Pesticide on Human Health विषयक कार्यक्रम आयोजना भयो। यस कार्यक्रमको अध्यक्षता गर्दै श्री कृष्णप्रसाद जैसीले मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भन्दै प्रस्तोतालाई कार्यपत्र प्रस्तुत गर्न समय प्रदान गर्नुभएको थियो ।

वीउ, विरुवा, रुख, पशुपक्षी, मानव स्वास्थ्य आदिमा लाग्ने शत्रुजीवहरुलाई रोक्ने, हटाउने, नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने र नाश गर्ने लक्ष्य राखी प्रयोग गरिने विषालु पदार्थलाई नै विषादी भनिन्छ भन्दै प्रस्तोता श्री कुल प्रसाद तिवारीले विषादीका तथ्यहरु, तिनका प्रकार, विषादी प्रयोगका इतिहास, यसवाट मानव स्वास्थ्यमा पर्ने असरहरूवारे प्रकाश पार्नुभयो। नेपालमा विषादी आयातको अवस्था, प्रयोगमा आईरहेका अत्यन्त हानिकारक विषादी र यसको प्रयोग गर्न कृषि विज्ञको भन्दा पनि विषादी विक्रेताको सल्लाह मान्ने प्रवृत्ति जस्ता कुराहरूको विवेचनाका साथै विषादी प्रयोग गर्ने सुरक्षित तरीका, जैविक विषादी प्रयोग गर्न प्रोत्साहन गर्ने र उत्पादित वस्तुहरू उपभोग गर्दा विषादीको अवशेष कम गर्ने उपायहरू समेत कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका टिप्पणीकर्ता श्री गिरीराज ज्ञवालीले हाम्रो कृषि प्रधान देशसँग सुहाँउदो प्रस्तुति भन्दै विषादीको जानकारी साह्रै महत्वपूर्ण रहेको विवेचना गर्नुभयो।उहाँले विषादीका वारेमा जनचेतनाको अभाव र यस सम्बन्धी कानून, नीति तथा नियमहरु भएपनि तिनका परिपालन हुन नसकिरहेको अवस्था औँल्याउनु भयो ।

प्रस्तुतिकरण सकिएपछि सुझाव र प्रश्नोत्तरको कार्यक्रम रहेको थियो । यसमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक श्री वसन्तराज सिग्देलले प्रस्तुति प्रत्यक्ष मानव जीवनसँग जोडिएको विषय भएकोले “जीवन्त” भएको भन्दै प्रशंसा गर्नुभयो । प्रश्नोत्तर कार्यक्रममा प्रतिष्ठानका उपकार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्सालले सरल र प्रष्ट प्रस्तुति भन्दै आफ्नो सुझाव दिनुभएको थियो।यसपछि सहभागीहरू श्री श्रीकमल द्विवेदी, तारादत्त भट्ट, श्री शरद राज आरण, श्री मोहनसिंह वस्नेत, श्री परशुराम थापा, श्री बन्दना झा, श्री दिपककुमार थापा, श्री दुरपदा सापकोटा, श्री ताराकुमार सुवेदी र श्री दिगम्वर गिरीले जिज्ञासा र सुझावहरू राख्नुभएको थियो भने प्रस्तोताले जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।

यस कार्यक्रमका इभेन्ट मेनेजरको रुपमा श्री कृष्णप्रसाद भण्डारी र श्री भुवनराज पन्तले कार्य गर्नुभएको थियो भने रिपोर्टरको रुपमा श्री अनुनय बाँस्तोला र श्री गोपाल प्रसाद गौतम हुनुहुन्थ्यो । यस कार्यक्रममा "Know Your Economy (KYE)" का Coordinator श्री शिवहरि अधिकारी र ACMD-2 जानकी ग्रुपका Coordinator श्री अनील गुप्ताको पनि उपस्थिति रहेको थियो ।