Participants led Panel Discussion on "Strengthening Local Governance" under Governance and Service Delivery module, 38th BAT

मिति २०८०/११/३० गतेका दिन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको विभिन्न modules मध्ये Governance and Service Delivery Module अन्तर्गत मेची तथा भेरी समूहको संयुक्त आयोजनामा आयोजित Panel Discussion कार्यक्रम स्थानीय शासनको सवलीकरण  अर्थात Strengthening of Local Governance सम्बन्धी विषयमा रह्‍यो ।

कार्यक्रमको सहजिकरण अधिकृत प्रशिक्षार्थी द्वारिका ओझा, जितेन्द्र कुमार पाश्वान साथै rapporteur को भुमिका अधिकृत प्रशिक्षार्थी सविता खनाल र नेत्र प्रसाद पोखरेलले गर्नुभयो ।

कार्यक्रममा Panelists को रुपमा नेपाल नगरपालिका महासंघका पूर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु (श्रेष्ठ) र मधेश प्रदेश नीति तथा योजना आयोगका उपसचिव श्री रत्‍नेश शशी रहनुभएको थियो ।

अतिथिवक्ताको रुपमा रहनुभएका वहाँहरुले विषेशतः

  • लोकतन्त्रलाइ संस्थागत गर्न स्थानीय सरकारको भूमिका,
  • स्थानीय सरकारहरुको कार्यात्मक अवस्था र
  • स्थानीय सरकारको क्रियाशिलता गरी ३ वटा विषयमा केन्द्रित रहि राजनीतिक एवम् प्रशासनिक परिप्रेक्ष्यबाट आफ्ना अनुभवहरु प्रस्तुत गरेपश्‍चात प्रशिक्षार्थी अधिकृतहरुबाट स्थानीय सरकारको सवलीकरण साथै स्थानीय सरकारमा रहेका समस्या तथा चुनौतीका विषयमा  विभिन्न सवालहरु आए ।

हाम्रा Panelists हरुले क्रमशः आएका सवालहरुका बारेमा आफ्नो भनाइ राख्दा त्यस्ता विषयमा कस्तो पक्षले प्रभाव पारिरहेको हुन्छ, स्थानीय सरकारमा रहेका समस्या तथा चुनौतीहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा आफ्ना अनुभव तथा भनाईहरु राख्नुभयो । समग्र कार्यक्रमको समिक्षा rapporteur को भुमिकामा रहनुभएका अधिकृत प्रशिक्षार्थी श्री सविता खनालले गरी कार्यक्रमको समापन भयो ।