PRESS NOTE OF GROUP 1 Vital Registration

प्रेस नोट
(मिति २०८०।५।११ गते)

नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेल, ललितपूरमा सञ्चालन भईरहेको रा.प.द्वितिय श्रेणीका कर्मचारीहरुको लागि सेवाकालिन तालिम (Advanced Course on Management and Development ACMD) अन्तर्गतको तेस्रो मोड्युलको रुपमा रहेको Know your Economy (KYE) अन्तर्गत नेपालमा पञ्जिकरण प्रणाली तथा आर्थिक र सामाजिक विकासमा यसको भूमिका विषयक सेमिनार मिति २०८० भाद्र ११ गते सोमबारका दिन ११ बजे देखी १ बजेसम्म केन्द्रको मुख्य भवनमा रहेको कैलाश हलमा सम्पन्न भयो । 

कार्यक्रम व्यवस्थापक डा. राम गोविन्द अर्यालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता श्री बुद्धि प्रसाद उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा NASC का कार्यकारी निर्देशक डा. राजन खनालज्यू प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। उप कार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालज्यू, वरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलज्यू, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक श्री झक्क प्रसाद आचार्यज्यु र  अध्ययन निर्देशक श्री अचला दाहालज्यु विशेष अतिथिको रुपमा रहनुभएको थियो।  उक्त कार्यक्रममा अध्ययन उपनिर्देशक द्वय गिताञ्जली उपाध्याय र शितल मोक्तान, NASC का अन्य फ्याकल्टी र ACMD प्रशिक्षण कार्यक्रमका सम्पूर्ण प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रमको शुरुमा राष्ट्रिय गान र राष्ट्रिय गान पश्चात कार्यक्रमको शुरुवात अध्यक्ष बुद्धिप्रसाद उपाध्यायले गर्नुभयो । कार्यशालामा श्री देवी पाण्डे खत्री, श्री प्रेम प्रसाद देवकोटा र श्री जगदिश चन्द्र शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुतिको क्रममा श्री देवी पाण्डे खत्रीले नेपालको विद्यमान पञ्जिकरण प्रणालीको नीतिगत तथा कानूनी एवं संस्थागत व्यवस्था र यसको महत्व बारे बुदागत रुपमा प्रस्तुत गर्दै व्याख्या गर्नुभएको थियो । श्री प्रेम प्रसाद देवकोटाले २०७० देखि २०७९ सम्मको १० वर्षको घटना दर्ता सम्बन्धि डाटाको विश्लेषण गरि नेपालको समग्र आर्थिक र सामाजिक विकासमा पञ्जिकरणले खेल्ने भूमिका र त्यसले आर्थिक प्रणालीमा पारेको सकारात्मक प्रभाव समेतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । श्री जगदिशचन्द्र शिवाकोटीले घटना दर्ता अन्तर्गत जन्म, मृत्यु बसाईसराई विवाह र सम्बन्ध विच्छेदमा देखिएको समस्यालाई अलग अलग रुपमा प्रस्तुती मार्फत व्याख्या गर्नुभएको थियो। त्यसैगरी पञ्जिकरण प्रणाली र त्यसको कार्यान्वयनमा आईपर्ने समस्या समाधानका उपायहरु, कसुर र सजायको फरक फरक व्याख्या गर्नुभएको थियो । 

प्रस्तुतिकरण पश्चात श्री राकेश कुमार झाले प्रस्तुतिकरणमा छुटेका विषयमा प्रष्ट पार्नुभएको थियो भने श्री सुशिल कुमार शाह तेलीले प्रस्तुतिकरणमाथि टिप्पणी गर्नुभएको थियो। खुला छलफलका क्रममा सहभागिका तर्फबाट श्री रघुराम पराजुली, श्री मान बहादुर खड्का, श्री यम बहादुर कुंवर र श्री बीर बहादुर बुढामगरले प्रस्तुतिकरणमाथी टिप्पणी गर्नुभएको थियो। त्यस्तै, NASC का अध्ययन निर्देशक श्री अचला दाहालले पञ्जिकरण प्रणालीले देशको अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा थप प्रष्ट हुनुपर्ने राय व्यक्त गर्नुभएको थियो। सुझाव तथा निर्देशनका क्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक श्री झक्क प्रसाद आचार्यले पञ्जिकरण प्रणालीका सम्बन्धमा उठेका सवालहरुको सम्बोधन गर्दै सुझाव समेत दिनुभएको थियो। त्यस्तै, NASC का उप कार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालज्यूले निर्देशन सहित प्रस्तुतीकरणमा समावेश हुनुपर्ने थप विषय र प्रस्तुतिकरणको शैलीका सम्बन्धमा सुझाव दिनुभएको थियो। 

कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथि तथा NASC का कार्यकारी निर्देशक डा. राजन खनालज्यूले पञ्जिकरण प्रणालीले देशको समग्र आर्थिक र सामाजिक क्षेत्रमा पार्ने प्रभावलाई थप उजागर गर्नुपर्ने सुझाव सहितको निर्देशन मन्तव्य दिनुभएको थियो। तत् पश्चात कार्यक्रमका अध्यक्ष वुद्धि प्रसाद उपाध्यायले धन्यवाद तथा समापन मन्तव्य सहित कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्रतिवेदनको तयारी प्रतिवेदक श्री मोहन प्रसाद न्यौपानेले गर्नुभएको थियो भने NASC का अध्ययन उप-निर्देशक एवं प्रशिक्षण संयोजक श्री गीतान्जली उपाध्याय र अध्ययन उप-निर्देशक एवं KYE मोड्युलका संयोजक श्री शीतल मोक्तानले कार्यक्रमको समग्र संयोजन, समन्वय र सहजिकरण गर्नुभएको थियो।