सेवाकालीन प्रशिक्षण (ACMD) कार्यक्रममा सहभागी आह्वान सम्बन्धमा  ।

नेपाल सरकार र सार्वजनिक निकायहरुमा कार्यरत अधिकृतहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ यस प्रतिष्ठानले राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका अधिकृतहरूका लागि Advanced Course on Management and Development (ACMD) सेवाकालीन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आ.व. २०८३/८४ को वार्षिक कार्यतालिका अनुरूप ACMD प्रशिक्षण कार्यक्रममा अधिकृत द्वितीय श्रेणी वा सो सरहको पदमा कार्यरत रही २०८३ असार मसान्तसम्म न्यूनतम २ वर्ष सेवा अवधि पूरा भएका स्थायी कर्मचारीहरूबाट सहभागिताका लागि खुल्ला आवेदन आह्वान गरिएको छ । आवेदनका लागि आवश्यक कागजातहरू सहित तल दिइएको Google Form Link मार्फत register गर्नुपर्नेछ ।

https://forms.gle/Nn7ppWqeCHQqM2q89