नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित ३७ औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी मेची र खप्तड समूहका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरुले Governance and Service Delivery Module अन्तर्गत Posters Presentation and Learning Reflection कार्यक्रम सम्पन्न गरेका छन्। सो कार्यक्रमका लागि 2080/07/14 र 15 गते भक्तपुर जिल्ला अस्पतालको Infrastructure, Cleanliness and Sanitation, OPD Service, Farmacy, Admission and Discharge Service र Emergency Department र भक्तपर नगरपालिका वडा नं. 1 को कार्यालयको Infrastructure, Vital Registration Service, Social Security, Health Service, Agriculture Status र Education Status का बारेमा स्थलगत अवलोकन गरी सेवा प्रवाहको वर्तमान अवस्था, सेवा प्रवाहमा सेवाग्राहीको अपेक्षा, गुनासो र सम्बोधन, सेवा प्रवाहमा देखिएका समस्या र आगामी दिनमा गर्नु पर्ने सुधार समेत समेटी Design Thinking Process का माध्यमबाट तयार गरिएका Posters हरुको प्रर्दशनी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सम्पदा हलमा र सो प्रर्दशनको संक्षेपीकरण सहितको प्रस्तुति सम्मिलित Learning Reflection कार्यक्रम पृथ्वी हलमा सम्पन्न गरिएको छ।
Posters प्रर्दशनीको अवलोकन प्रतिष्ठानका विभिन्न पदाधिकारीहरु, भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा भक्तपुर अस्पतालका प्रशासन अधिकृतका साथै दुबै समुहका प्रशिक्षार्थी अधिकृतहरुबाट भएको थियो। साथै, प्रस्तुति सहितको Learning Reflection कार्यक्रम प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल, वरिष्ठ अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देल, भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री विजय कुमार शर्मा, भक्तपुर अस्पतालका प्रशासन अधिकृत श्री सञ्जिव न्यौपाने तथा प्रतिष्ठानका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
उक्त Learning Reflection कार्यक्रममा स्थलगत अवलोकनको संक्षेपीकरण सहितको प्रस्तुती खप्तड समुहको तर्फबाट सहभागी प्रशिक्षार्थी अधिकृत श्री शान्ती तामाङ्ग र केशव प्रसाद आचार्यले तथा मेची समुहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री जीवन गैरे र कैलाश पाण्डेले गर्नुभएको थियो। उक्त कार्यक्रममा भक्तपुर जिल्ला अस्पतालका प्रशासन अधिकृत श्री सन्जिव न्यौपानेले प्रशिक्षार्थी अधिकृतहरुले अवलोकनका क्रममा देखिएका विषयहरुलाई सम्बोधन गर्दै अस्पताल प्रदेशको अधिकारक्षेत्र अन्तर्गत रहेको हुँदा स्थानीय तथा संघीय तहमा समन्वय गर्दै पूर्वाधार सुदृढीकरणको अवस्थामा रहेको बताउनु भयो। उहाँले बिरामीको चाप दैनिक वृद्धि हुँदै गएको हुँदा २४ घण्टा नै सेवा प्रवाह गर्नका गर्नुपर्ने लागि जनशक्ति अभाव हुन नदिन समेत आवश्यक पहल गरिरहेको विषयमा समेत जानकारी दिनुभयो। भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री विजय कुमार शर्माले नगरपालिकाले प्रशिक्षार्थी अधिकृतहरुलाई कार्यसम्पादनका क्रममा आइपर्ने समस्या तथा समाधानका लागि समन्वयको विषयमा जानकारी दिदैँ तोकिएको जिम्मेवारी तथा अधिकार क्षेत्रलाई ख्याल गर्नुपर्ने बताउनुभयो। भक्तपुर नगरपालिकाले पुरातत्व र सांस्कृतिक सम्पदा संरक्षण समेत हुने गरी पूर्वाधार लगायतका विषयमा कार्य गरिरहेको समेत जानकारी गराउनु भयो। प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक श्री तुलशी शरण सिग्देलले समेत आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमका अध्यक्ष एवं प्रतिष्ठानका उपकार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालले सार्वजनिक सेवा प्रवाहका क्रममा देखिएका विषय र सेवाग्राहीको अपेक्षा र सन्तुष्टीबीचको तादाम्यता कायम गर्नका लागि गर्नुपर्ने कार्यहरुको कार्यस्थलबाट नै अवलोकन गर्नका लागि यस कार्यक्रम राखिएको हुँदा सेवाप्रवाहमा नागरिकको सन्तुष्टी नै सार्वजनिक प्रशासनको अन्तिम लक्ष्य भएकोले यस प्रति ध्यान दिन सबै प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिनुभयो।
कार्यक्रमको सञ्चालन खप्तड समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री शारदा गुरुङ्ग र मेची समुहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री यज्ञ बहादुर भण्डारीले गर्नु भएको थियो। कार्यक्रमलाई थप सहज बनाउनको लागि व्यवस्थापकको भूमिकामा खप्तड समुहकको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री टंक बहादुर थापा र मेची समुहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री सुवासचन्द्र अर्याल रहनुभएको थियो। कार्यक्रमको Rapporteur को भूमिकामा प्रशिक्षार्थी अधिकृत श्री महान राज वली र श्री युगेश यादव रहनु भएको थियो भने Photographer को भूमिकामा प्रशिक्षार्थी अधिकृत श्री रविन्स चौधरी रहनु भएको थियो।