Nepal Administrative Staff College le राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका १० औं र ११ औं तहका कर्मचारीहरुको लागि आयोजना गरेको Management Development Program मार्फत Future of Banking विषयमा सहभागीहरुलाई प्रत्यक्ष रुपमा संलग्न गराई नेपालको भावी बैकिङ्ग संभावना, विकास र प्रवृति सम्बन्धमा प्रस्तुतिकरण तयार गरि मिति २०७९ कार्तिक ४ गते शुक्रबार बिहान ८।३० बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पृथ्वी हलमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालको प्रमुख आथित्यतामा प्रस्तुतीकरण कार्य सम्पन्न भयो। कार्यक्रममा प्रतिष्ठानका निर्देशकज्यूहरु, तालिम व्यवस्थापन टिमका पदाधिकारी श्री त्रीलोचन पौड्याल र डा. श्यान किरात राई, प्रशिक्षक श्री शैलेन्द्र प्रसाद भट्ट र श्री शैलजा उपाध्याय लगायत तालिममा सहभागि बैंकका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि डा. राजन खनालले समूहको प्रस्तुतिकरण उत्कृष्ट रहेको भन्दै छोटो समयमा धेरै जानलारी संलग्न गरि सरल रुपमा प्रस्तुत गर्न सकेकोमा प्रस्तुतकर्ता तथा टिमको प्रशंसा गर्नुभयो। साथै, वहाँले प्रविधिको प्रयोग सर्वत्र भइरहेको र यसको यात्रा त्यति लामो नभए पनि प्रयोगकर्ताको बढ्दो आकर्षणले नेपालको सन्दर्भमा पनि Neo Bank को अभ्यास चाडै अनुभूति गर्न पाईने विश्वास रहेको बताउनु भयो।