नेपालमा खाद्य सुरक्षाको अवस्था र सूचना प्रविधिको प्रयोग विषयक Nepal Administrative Staff College (NASC) द्वारा सञ्चालित Advanced Course on Management and Development (ACMD) अन्तर्गत चौथो मोडुल “Know Your Economy (KYE)” को लागि “Muktinath” Group बाट NASC मा कार्यक्रम आयोजना भयो । कार्यक्रमको श्री उषा तण्डुकारले विषयबस्तुमाथि प्रकाश पार्दै खाद्य हाम्रो आधारभूत आवश्यकता रहेको, जीवन यसैले चल्ने भन्दै संविधानको धारा ३६ ले पनि खाद्य मौलिक हकको रुपमा स्थापित गरेको साथै खाद्य सुरक्षामा सूचना प्रविधिको प्रयोगले Evidence Based Data दिने र यी सवैले पार्ने प्रभाव भनेको अर्थतन्त्रमा नै भएकाले KYE अन्तरगत यो खाद्य सुरक्षाको विषय रोजेको बताउनु भयो । ![]()
कार्यक्रममा प्रस्तोताहरू श्री विनोद हमाल र श्री हरि प्रसाद पण्डितका तर्फबाट खाद्य सुरक्षाको परिचय, खाद्य सुरक्षाको विभिन्न आयामहरु, विश्वमा खाद्य सुरक्षाको अवस्था, नेपालमा खाद्य सुरक्षाको अवस्था, खाद्य सुरक्षाका लागि संविधान, ऐन तथा अन्य नीतिगत व्यवस्था, खाद्य सुरक्षा मापनका चरणहरु, भू-उपयोग र यसले खाद्य सुरक्षामा पार्न सक्ने प्रभाव, र नेपालमा खाद्य सुरक्षाका लागि सूचना प्रविधिको प्रयोग सम्बन्धमा प्रकाश पार्नु भएको थियो।
यस्तै कार्यक्रममा टिप्पणीकर्ता श्री डिल्लीराज भण्डारीले गर्भदेखि मृत्युसम्म खानाको महत्वको बारे बताउदै खाद्य सुरक्षाको डरलाग्दो अवस्था रहेको विवेचना गर्नुभयो । उहाँले नेपालको अवस्था विचार गर्दा यहाँको जमिन पहाडमा वाँझो , तराइमा प्लटीङ भइरहेको, युवा वर्ग विदेश गइरहेको, रेमिटेन्समा सरकार मख्ख परेको बताउनु भयो ।
प्रस्तोताहरूको प्रस्तुतीकरण सकिएपछि प्रश्नोत्तरको कार्यक्रम रहेको थियो । यसमा श्री सुरेन्द्र थापा, श्री राजन कुमार कार्की, श्री धिरेन्द्र नापित, श्री लक्ष्मी घिमिरे, र श्री पवित्र डंगोलले जिज्ञासा र सुझावहरू राख्नु भएकोमा प्रश्तोता द्वयले जिज्ञासाहरूको सम्बोधन गर्नु भएको थियो ।
यस कार्यक्रमका इभेन्ट म्यानेजरको रुपमा श्री रामदत्त भट्टले कार्यगर्नु भएको थियो । साथै रिपोर्टरको रुपमा श्री दिलिप कुमार ठाकुर र श्री प्रदिप कुमार नेपाल हुनुहुन्थ्यो ।![]()
![]()
An ISO 9001:2015 Certified Institution
-
Trainings
-
Trainings
Building capable and future-ready civil servants through practical and impactful learning experiences.
View all TrainingsView all Trainings -
Induction
-
In Service
-
Executive Developement
-
Short Courses
-
-
Research
-
Consulting
-
Portals