"रसिया र युक्रेन युद्धको नेपाली अर्थतन्त्रमा असर" बिषयक यस प्रतिष्ठान द्बारा संचालित ACMD Course अन्तर्गत चौथो मोड्युल Know Your Economy (KYE) अन्तर्गत सैपाल समुहबाट पृथ्बीहल, NASC मा प्रस्तुतिकारणको कार्यक्रम आयोजना भयो। श्री राधेश्याम गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा रुस-युक्रेन युद्धको पृष्ठभुमि, रुसी/युक्रेन/पश्चिमा/अमेरिकन चासो, युद्दले बिश्वमा पारेको प्रभाब, नेपालको हालको आर्थिक अबस्था र सो युद्धका कारण परेको प्रभावहरुबारे मुख्यरुपमा – ईन्धन, खाद्यान्न, खाने तेलमा भएको मुल्यवृद्दी, खाद्यान्न आपुर्ति श्रृंखलामा परेको असर, सेयर बजार, बिदेशी मुद्रा संचितिमा परेको दबाव, मुद्रास्फिति, विदेशी सहयोग र लगानीमा कमी लगायतका बिषयहरुका साथै प्रभावलाई न्युनिकरण गर्न, सरकार, निजी क्षेत्र र जनस्तरबाट चाल्नुपर्ने कदमको बारेमा श्री शरद राज आरणले प्रस्तुतिकरण गर्नुभयो।
सो प्रस्तुतिकरणमा श्री सुनिता श्रेष्ठले टिप्पणी गर्नुभएको थियो। उहाले मुख्यतया: शरणार्थी समस्या झेलिरहेको युरोपमा नेपाली बिद्यार्थी र रोजगारीमा रहेकाहरुमा पर्ने गएको युद्धको असरको बारेमा बिस्तृतमा समेट्न नसकेको टिप्पणी गर्नु भयो। साथै सहभागीहरु श्री कुलप्रसाद तिवारी, श्री मोहन सिंह बस्नेत, श्री पर्शुराम थापा, श्री दुरपदा सापकोटा, श्री तारा कुमार सुबेदी, श्री कृष्ण प्रशाद जैसीले बिषयबस्तुमा तथ्याङ्कको कमी, युद्धका क्रममा संयुक्त राष्ट्रसंघको भुमिका, स्थानीयस्तरमा परेको असर लगायतका बिषयमा पृष्ठपोषण एबं जिज्ञासा राख्नु भयो।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक श्री बसन्तराज सिग्देलले "जिज्ञासा जाग्नु भनेकै बुझाई बढ्नु हो भन्दै Evidence informed भएको भए र युद्ध मात्र कि अन्य कारण समेत हो भनि छुट्याउन सकिएको भए" अझै राम्रो हुने टिप्पणी गर्नु भएको थियो।प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री बिष्णु प्रशाद लम्सालले "प्रस्तुतिकरण र बिषयवस्तु समय सान्दर्भिक भएको र तथ्याङ्कले पुष्टी गर्न सकेको भए अझ उत्कृष्ट हुने" पृष्ठपोषण गर्नु भएको थियो।
प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनालले "युद्धको पृष्ठभुमी राजनैतिक रुपमा बढि र आर्थिक पक्षमा पूर्वी युरोपको नक्साको बिश्लेशण गर्दै रुसको Black Sea मा सहज पहुँचका लागि र सो आर्थिक कृयाकलापसंगै जोडिएको" प्रकाश पार्दै संलग्न गराउन सुझाव दिनु भएको थियो।
उठेका जिज्ञासा तथा पृष्ठपोषणका सम्बन्धमा प्रस्तोता र अध्यक्षद्बारा सम्बोधन भयो।
कार्यक्रम ब्यवस्थापन श्री सरोज न्यौपाने र श्री बिकाउ कुमार यादबले गर्नु भएको थियो। साथै श्री डिगम्बर गिरी र श्रीकमल द्बिबेदीले कार्यक्रमको टिपोट तयार पार्नु भएको थियो।


