"नेपालमा गिग अर्थतन्त्रको रुपरेखा: यसको आकार, क्षेत्रहरू र समकालीन प्रवृत्ति" सम्बन्धी गोष्ठी सम्पन्न ।
प्रेस विज्ञप्तिः मिति २०८२/०५/११
दोस्रो दिनको पहिलो सत्र (दिनको १0:३० बजे देखि १२:0० सम्म)
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा.प.द्वितीय श्रेणी वा सोसरहका कर्मचारीहरुका लागि सञ्चालित सेवाकालिन तालिम Advanced Course on Management and Development (ACMD1_82/83) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको गिग अर्थतन्त्र सम्बन्धी दुई दिने गोष्ठीको दोस्रो दिनको पहिलो सत्रमा समूह नं. १ ले व्यवस्थापन गरेको Mapping Gig Economy in Nepal: Size, Scope and Emerging trends विषयक सेमिनार प्रतिष्ठानका कार्यकारी निर्देशक श्री रामशरण पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । विषय विज्ञको रुपमा आमन्त्रित त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र संकायका सह-प्राध्यापक डा. टिकाराम गौतम र टक्सार मल्टिमीडिया प्रा. लि. का प्रधान सम्पादक श्री गजेन्द्र बुढाथोकी र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको संकाय सदस्यहरुको उपस्थितिले उक्त सेमिनारको शोभा बढाउनुको साथै थप उर्जा प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा ACMD1_82/83 तालिम कार्यक्रमका संयोजक रोशनी भुजेलसमेतको उपस्थिति रहेको थियो भने सो कार्यक्रममा तालिममा रहनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
प्रशिक्षार्थी श्री अमर दिप सुनुवारले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम प्रबन्धकको भुमिकामा डा. कृष्ण साह रहनु भएको थियो भने श्री माया देवी शर्मा कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी प्रशिक्षार्थी सरस्वती डंगोलले प्रतिबेदक र प्रशिक्षार्थी पवन अधिकारी ले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । समूहको तर्फबाट प्रशिक्षार्थी श्री मोति बहादुर श्रीस र श्री सुरेन्द्र महर्जनले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा हाल करिब २,६०,००० गिगहरु कार्यरत रहेको जुन कूल रोजगारीको ३.६६% रहेको र कूल ग्राहस्थ उत्पादनमा करिब ६ प्रतिशत योगदान रहेको व्यहोरा प्रस्तुत गरिएको थियो। नेपाल राष्ट्र बैंक, विश्व बैंक तथा अन्य डाटावेशहरुमा उपलब्ध तथ्याङ्कहरुलाई गिग प्ल्याटफर्मका उच्च अधिकारीहरुसँगको अन्तर्वार्ता तथा सेवाप्रदायकहरुसँग अन्तर्वार्तालिई तथ्याङ्कलाई भ्यालिडेट गरी तयार पारिएको प्रतिवेदनमा गिगवर्क सेवा निर्यातगर्ने महत्वपूर्ण श्रोत रहेको व्यहोरा जानकारी गराईएको थियो। हालको इन्टरनेट उपयोगको संख्यामा भईरहेको वृद्धि तथा विश्वव्यापी आवद्धताको आधारमा अबको पाँच वर्ष (सन् २०३०) सम्ममा गिग अर्थतन्त्र हालको तुलनामा दुई गुणा वृद्धिहुने प्रक्षेपण गरिएको छ।
प्रस्तुत कार्यपत्रमा वाह्य समूह (समूह नं. २) को तर्फबाट प्रशिक्षार्थी श्री ठाकुर प्रसाद कंडेलले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले कार्यपत्र समग्रमा राम्रो रहेको ब्यक्त गर्नुभयो। तर, समयको अभावका कारण यो गुणात्मक प्रकारको अध्ययनमा सीमित भएको र यदि तुलनात्मक अध्ययन गरी तथा समालोचनात्मक विश्लेषण गर्न सकिएको भए, कार्यपत्र अझ प्रभावकारी बन्न सक्ने टिप्पणी गर्नु भयो ।प्रशिक्षार्थीहरूबीच नेपालको गिग अर्थतन्त्रको आकार, प्रमुख क्षेत्रहरू र समकालीन प्रवृत्तिहरू, गिग अर्थतन्त्रमा संलग्न कर्मयोगीहरूको प्रकार, भविष्यमा सम्भावित गिग कर्मचारीहरूको अनुमानित संख्या जस्ता विषयमा प्रस्तुत कार्यपत्रको सन्दर्भमा गहन छलफल गरिएको थियो। बिज्ञ श्री गजेन्द्र बुदथोकीले eye opener शत्र रहेको र नेपालको गिग अर्थतन्त्रको संस्थागत इतिहासलाई समावेश गरी गिग कर्मयोगीहरुको सफलता तथा असफलताका कथाहरु पनि कार्यपत्रमा समाबेश गर्ने प्रतिक्रिया दिनु भयो । विज्ञ टिकाराम गौतमले समष्टिगत आर्थिक सम्भावनालाई प्रणालीसँग जोड्ने तथा गिग अर्थतन्त्रको आकार, प्रमुख क्षेत्रहरू र समकालीन प्रवृत्तिहरूमा विद्यमान अस्पष्टतालाई प्रस्तुत कार्यपत्रले स्पष्ट रूपमा उजागर गरि दिनु जरुरि भएको र यसले भविष्यमा सम्बन्धित सबै पक्षका लागि सहज मार्ग तयार पार्ने कुरा व्यक्त गर्नुभयो।साथै उक्त आकार, प्रमुख क्षेत्रहरू र समकालीन प्रवृत्तिहरूलाई स्पस्ट बर्गिकरण गर्नुको पर्ने कुरालाई जोड दिनु भयो ।
प्रतिवेदक सरस्वती डंगोल

प्रेस विज्ञप्ति
मिति २०८२/०५/११
दोस्रो दिनको दोस्रो सत्र (दिनको १:०० बजे देखि २:३० सम्म)
नेपालको गिग अर्थतन्त्रमा गिग श्रमिकहरूको लागि सामाजिक सुरक्षा: समावेशी श्रम नीतितर्फ
(Social Protection for Gig Workers: Towards Inclusive Labor Policies) सम्बन्धी गोष्ठि सम्पन्न।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा.प.द्वितीय श्रेणी वा सोसरहका कर्मचारीहरुका लागि सञ्चालित ४० कार्य दिनको सेवाकालिन तालिम Advanced Course on Management and Development (ACMD-1), २०८२ को विभिन्न मोड्यूलहरू मध्ये Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको गिग अर्थतन्त्र सम्बन्धी दुई दिने गोष्ठिको दोस्रो दिनको दोस्रो सत्रमा समूह नं. ३ को तर्फबाट सञ्चालन भएको Social Protection for Gig Workers: Towards Inclusive Labor Policies विषयक गोष्ठि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री रामशरण पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विषय विज्ञको रुपमा आमन्त्रित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक श्री चक्रपाणि पाण्डे र पूर्व सहसचिव श्री सुशिल पाण्डेले गोष्ठिमा प्रस्तुत कार्यपत्र उपर पृष्ठपोषण प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशकहरू, ACMD-1 को तालिमका संयोजक श्री रोशनी भुजेल सहित उक्त तालिममा रहनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
प्रशिक्षार्थी श्री भोला प्रसाद चापागाईले गोष्ठिको अध्यक्षता गर्नुभएको थियो। त्यसै गरि कार्यक्रम प्रबन्धकको भूमिकामा श्री नारायणदत्त भण्डारी रहनु भएको थियो भने श्री माया देवी शर्माले कार्यक्रम सञ्चालक र प्रतिवेदकको भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी प्रशिक्षार्थी श्री दिनकर कायस्थले समूह-४ को लागि टिप्पणीकर्ता साथै यस समूहको लागि कार्यक्रमको व्यवस्थापनमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। समूहको तर्फबाट प्रशिक्षार्थी श्री सुमन सुवेदी र श्री ईश्वरी प्रसाद पाण्डेले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्र नेपालको गिग श्रमिकका लागि सामाजिक सुरक्षा नीतिले समेटेका विषयहरू, अन्तर्राष्ट्रिय असल अभ्यासहरू, स्थानीय तहको भूमिका र नीतिगत सिफारिसको सम्वन्धमा केन्द्रित रहेको थियो। प्रस्तुत गरिएको कार्यपत्र उपर प्रशिक्षार्थी श्री प्रदिप पौडेलले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्दै नेपालमा रहेका श्रमिकसँग सम्बन्धित कानून तथा नीतिहरूको प्रभावकारी कार्यान्वयन र संशोधनमा जोड दिनुभएको थियो।
त्यसैगरि विषयविज्ञ पूर्व सहसचिव श्री सुशिल पाण्डेले कार्यपत्र उपर समावेश भएका विषय वस्तुमा केन्द्रित रहेर पृष्ठपोषण दिनुभएको थियो। साथै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक श्री चक्रपाणि पाण्डेले प्रतिवेदनको संरचनाका साथै श्रम तथा सामाजिक सुरक्षासँग सम्बन्धित कानून तथा नीतिहरूमा केन्द्रित रहेर सुझाव दिनुभएको थियो। सहभागी प्रशिक्षार्थीहरुले प्रस्तुतिकरणमा समेटिएका विषयवस्तुमा जिज्ञासा र सुझावहरु खुला छलफलको क्रममा ब्यक्त गर्नुभएको थियो।
अन्त्यमा, यस गोष्ठिको अध्यक्षता गर्नुभएका श्री भोला प्रसाद चापागाईले अतिथिज्यूहरु, बिषय बिज्ञ र सम्पूर्ण सहभागीहरुलाई उपस्थितिका साथै सक्रिय सहभागिता एवम् पृष्ठपोषण तथा सुझावका लागि सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै गोष्ठिको दोस्रो सत्र समापन गर्नु भएको थियो।
प्रतिवेदकः श्री माया देवी शर्मा, समुह-३